१५ चैत्र २०८०, बिहीबार

नेकपा एमाले विवाद समाधानका लागि सुवास नेम्वाङ सहित १० सदस्यीय कार्यदल गठन (नामसहित)



काठमाडौ । नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन भएको छ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधावकुरमा नेपाल र झलनाथ खनाल पक्षबीचको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको हो ।

एमालेमा २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल बनेको हो । अध्यक्ष ओली र वरिष्ठ नेपालबीच आइतबार भएको भेटले दुबै पक्षका ५र५ नेता रहेको कार्यदल बनाएको हो ।

कार्यदलमा अध्यक्ष ओली पक्षको तर्फबाट

सुवास नेम्वाङ
नेतृत्वमा विष्णु पौडेल
प्रदीप ज्ञवाली
शंकर पोखरेल
विष्णु रिमाल

माधव नेपाल पक्षको तर्फबाट

भीम रावल
घनश्याम भुसाल
गोकर्ण विष्ट
सुरेन्द्र पाण्डे
रघुजी पन्त

कार्यदल गठनको जानकारी दिँदै वरिष्ठ नेता नेपालले सञ्चारकर्मीहरुसँग भने, ‘जेठ २ भन्दा पहिलोको अवस्थामा फर्किने गरी अरु सबै कुरा टुंगो लगाउनका लागि वार्ता टोली बनाइएको छ ।’

 



प्रतिक्रिया दिनुहोस !