१६ चैत्र २०८०, शुक्रबार

बढ्यो इन्धनको मूल्य



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २-२ रुपैयाँ मूल्यवृद्धि भएको आयल निगमले जनाएको छ।

नयाँ मूल्य आइतबार राति १२ बजेपछि लागू हुने छ । नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानको मूल्य प्रतिलिटर ७८ कायम भएको छ ।

आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।

 



प्रतिक्रिया दिनुहोस !