६ बैशाख २०८१, बिहीबार

आज देखि नेपाल टेलिकमले शुरु गर्यो फोरजी भ्वाइस सेवा



 

काठमाडौं । आज देखि नेपाल टेलिकमले प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा फोरजी भ्वाइस सेवा शुरु गरेको छ ।

टेलिकमले आफ्नो सेवालाई समयनुकुल बनाउन आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा लेट प्रविधि भोल्ट सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता बड्ने टेलिकमले जनाएको छ ।

यो सेवा प्राप्त गर्न आफ्नो मोबाइलबाट स्टार ४४४ ह्याज डायल गरी प्राप्त निर्देशनहरुको अनुशरण गरी सिममा एक्टिभेट गर्न सकिने जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !