२० बैशाख २०८१, बिहीबार

आज नेप्सेमा सामान्य सुधार



काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन मंगलबार सामान्य अंकले बढेको छ। सोमबार सामान्य अंकको सुधार आएको नेप्से मंगलबार ५ दशमलव ५७ अंकले बढेको छ।

योसँगै नेप्से परिसूचक दुई हजार १२ दशमलव ८९ विन्दुमा पुगेको छ।आज सोमबारको भन्दा कारोबार रकम भने वृद्धि भएको छ। मंगलबार २ सय ९ कम्पनीको ८० लाख १ हजार ३ सय १४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९ करोड २२ लाख भन्दा धेरै रुपैयाँ बराबरको कारोबार भएको छ।

नेप्सेका अनुसार मंगलबार कारोबार भएका कूल १२ उपसमूहमध्ये ८ वटा समूह घटेका छन् भने ४ वटा समूह बढेका छन्।



प्रतिक्रिया दिनुहोस !