८ बैशाख २०८१, शनिबार

आज सुनचाँदीको मूल्यमा वृद्धि



 

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आइतवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार ५ सय हुँदा सोमबार यसको मूल्य तोलामा ३ सयले वृद्धि भई प्रतितोला ९२ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज प्रतितोला तेजावी सुनको मूल्य ९२ हजार ३ सय रहेको छ । आइतवारको तुलनामा सोमवार प्रतितोला चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भएको छ ।

आइतवार प्रतितोता चाँदीको मूल्य १३ सय ५० रहेको थियो जबकी सोमबार प्रतितोला चाँदी १३ सय ५५ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !