१६ चैत्र २०८०, शुक्रबार

अरुणा अर्यालद्वारा लिखित मुक्तक



मेरो आयु तिमीलाई सरोस् साँच्चै भनेको
दुःख तिमीलाई पर्दै नपरोस् साँच्चै भनेको
यो नयनको अश्रुधाराले समुद्रको रुप लियोस्
तर तिम्रो परेलीबाट आँसु नझरोस् साँच्चै भनेको

तिम्रै निम्ति हजार सपना बुनेर बसेकी छु
दुई मुटुको पवित्रता तिमी सङै कसेकी छु
शंका लाग्छ कतै तिमी बद्लिने हौकी भनी
तिम्रा यादहरुको पासोमा नमज्जाले फसेकी छु

आकाशको जुन तारा झार्छु नभन्नु
न्याय दिने तारिख अझै सार्छु नभन्नु
कुरा गरे जस्तो हुन्न कर्तव्य निभाउन
सम्पत्तिले दुनियाँ आफ्नो पार्छु नभन्नु

 



प्रतिक्रिया दिनुहोस !