१५ चैत्र २०८०, बिहीबार

दुई बालकको निर्मम हत्या



काठमाडौ । बारामा दुई जना बालकको घाँटी रेटेर निर्मम हत्या भएको छ ।

कलैया उपमहानगरपालिका– ७ स्थित सरंगापुरका नौ वर्षीय उशमान अन्सारी र सात वर्षीय अमिन अन्सारीको हत्या भएको प्रहरीले जनाएको छ ।

बालकहरु सोमबार बेलुकी ७ बजे उनीहरू घरबाट खेल्न भन्दै निस्केका थिए । तर, अबेर रातिसम्म उनीहरूको खोजीगर्दा समेत नभेटिएपछि बालक बेपत्ता भएको बारे प्रहरीलाई जानकारी दिएका थिए ।

प्रहरीले स्थानीय मदरसामा हत्या गरिएको अवस्थामा दुवै जनाको शव फेला परेका थिए ।

 

 



प्रतिक्रिया दिनुहोस !