१३ बैशाख २०८१, बिहीबार

नेकपा एमाले कार्यदलको बैठक आज



 

काठमाडौं । नेकपा एमालेभित्र जुटेको सहमति कार्यान्वयनको मापदण्ड तय गर्न कार्यदलको बैठक आज बस्ने भएको छ ।

दिउँसो तीन बजे सिंहदरबारमा बैठक बस्ने कार्यदलका सदस्य सुवास नेम्वाङले बताए । २ जेठमा बनेको कार्यदलको यो पहिलो बैठक हो ।

उनी अध्यक्ष केपी शर्मा ओली तर्फका कार्यदल संयोजक समेत हुन् । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् । कार्यदलमा रावल, नेम्वाङ, विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, रघुजी पन्त र विष्णु रिमाल सदस्य छन् ।

 



प्रतिक्रिया दिनुहोस !