१३ बैशाख २०८१, बिहीबार

सकियो एमाले कार्यदलको पहिलो बैठक



 

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको पहिलो बैठक सकिएको छ ।

आजको बैठकमा कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहित तत्काल निर्माण गरी लागु गर्ने निर्णय भएको छ ।

०७७ फागु २३ गते पुर्नगठन भएपछि देखिएका समस्या सन्दर्भमा छलफल गरी समाधान गर्न गठन भएको कार्यदलले पार्टीमा देखिएको समस्या समाधानकालागि सबैसँग सहयोग र सद्भावका लागि आग्रह गरेको नेता भीम रावलले जानकारी दिएका छन् । एक आपसमा अविश्वास, असहयोग र अन्रतविरोध सिर्जना हुने कामबाट अलग रहन आह्वान गर्ने निर्णय भएको उनले बताए ।

बैठकमा कार्यदलका दुई सदस्य विष्णु पौडेल र शंकर पोखरेल भने अनुपस्थित थिए ।

 



प्रतिक्रिया दिनुहोस !