७ बैशाख २०८१, शुक्रबार

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार २०३ जनामा कोरोना संक्रमण, १९६ संक्रमितको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २० हजार २८६ जनाको पीसीआर परीक्षण र ६९३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार २०३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ ।

त्यस्तै नेपालमा थप १९६ जना जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १९६ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ५ हजार ४११ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !