११ बैशाख २०८१, मंगलवार

नेपालमा पनि भेटियो कोरोनाका तेस्रो भेरिएन्ट



काठमाडौं । नेपालमा पनि कोरोनाका तेस्रो भेरिएन्ट फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मंगलबार नयाँ भेरियन्ट पत्ता लगेको सम्बन्धमा अपिल जारी गर्दै नेपालमा तीन किसिमका भेरियन्ट रहेको जनाएको हो ।

देशका विभिन्न भागबाट गत हप्ता संकलित कोभिड १९ संक्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा ‘जिन स्क्विन्सिग’ गरिएकोमा ९७ प्रतिशतमा बी.१.६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा बी.१६१७.१ पुष्टि भएको हो ।

यससँगै नेपालमा परिवर्तित भाइरससहित तीन किसिमको भेरियन्ट रहेको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

 

 



प्रतिक्रिया दिनुहोस !