१५ चैत्र २०८०, बिहीबार

सात वर्षीया बालिका बलात्कृत



 

इलाम। इलाममा सात वर्षीया बालिका बलात्कृत भएकि छिन् । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाइ पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रोङ गाउँपालिका–१ जुरे बस्ने ३० वर्षीय तिलकबहादुर खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। खड्काले ती बालिकालाई फकाई सोही ठाउँस्थित ‘ढुङगाना टी स्टेट’ चियाबारीमा लगेर सोमबार बलात्कार गरेको प्रहरीले जनाएको छ। बलात्कारको खबर प्राप्त हुनासाथ प्रहरी चौकी आईतबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !