२६ बैशाख २०८१, बुधबार

कक्षा ८ को नतिजा आन्तरिक मूल्यांकनबाट पठाउन निर्देशन



काठमाडौं। काठमाडौँ महानगरपालिकाले कक्षा ८ को नतिजा आन्तरिक मूल्यांकनबाट पठाउन आफ्नो क्षेत्रभित्र रहेका विद्यालयलाई निर्देशन दिएको छ ।महानगरले बुधबार विज्ञप्ति निकाल्दै कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा लिनसक्ने अवस्था नरहेकाले आन्तरिक मुल्यांकन विधिबाट परीक्षा गर्न निर्देशन दिएको हो ।

कोरोना महामारीका कारण भौतिक उपस्थितिमा परीक्षा गराउन सम्भव नरहेकाले पहिलो तथा दोस्रो त्रैमासिक परीक्षाबाट ४० प्रतिशत, निरन्तर विद्यार्थी मूल्यांकन गरी विद्यालयमा राखिएको विद्यार्थीको अभिलेखबाट ४० प्रतिशत र विद्यालय तथा विद्यार्थीको अनुकूल उपयुक्त वैकल्पिक मूल्यांकन विधिमा २० प्रतिशत गरी परीक्षाको मुल्यांकन गर्न निर्देशन दिएको महनगर शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए ।

 



प्रतिक्रिया दिनुहोस !