१४ बैशाख २०८१, शुक्रबार

दैनिकी चलाउनकै लागि पावला स्यामाला अभिनेत्रीले बेचिन् अवार्ड



एजेन्सी । कोरोनाको कहरका कारण गरिएको लकडाउनले कयौँ कलाकार आर्थिक अभावमा गुज्रिरहेका छन् । भारतका कलाकारले पैसाको लागि आफ्नो अवार्ड समेत बेच्नु परेको खबर बाहिर आएको छ एक साउथ अभिनेत्री पावला स्यामाला यसको उदाहरण बनेकी छिन् ।

लकडाउनको कारण आर्थिक समस्याले पावलाले अवार्ड समेत बेच्नु परेको हो । उनको यस्तो हालत देखेर सामाजिक संजाल मार्फत सहयोगका लागि थुप्रै मानिस अगाडि आएका छन् । पावला दक्षीण भारतीय (साउथ) फिल्म उद्योगकी चर्चित अभिनेत्री तथा कमेडियन हुन् । उनले हालै मिडियासँग कुरा गर्दै गरिबी धेरै देखिएको र यस्तो प्रकारको गरिबी पहिलो पटक देखेको बताएकी छन् ।

‘मलाई अहिलेको गरिबीबाट डरलागि रहेको छ । मेरो छोरी पछिल्लो केही महिनादेखि खुट्टाको चोटको कारण बेडमा छिन्’ उनले भनिन् ‘टिबीको समस्या समेत भएको उनलाई हरेक महिना उपचारको लागि १० हजार बढी खर्च हुने गर्दछ ।’ कोरोनाको डरका कारण आफ्नो मद्दतका लागि कोही अगाडि नआएको बताएकी उनले दैनिक गुजारा पुरा गर्न आफुले अवार्ड समेत बेच्नु परेको दुखेसो पोखेकि छिन् ।

तेलंगाना सरकारले वरिष्ठलाई पेन्सन समेत दिने गरेकोमा पछिल्लो केही महिनादेखि त्यो पनि नपाएको सुनाएकी उनले आफ्नो र बिरामी छोरीका लागि बिहान बेलुकाको रोटीको ब्यवस्था गर्न मुस्किल समेत भएको बताएकी थिइन् । गत हप्ता कमेडियन कल्याणीले उनलाई १० हजार सहयोग दिएकी थिइन् । सुपरस्टार पवन कल्याण र चिरञ्जीवी पनि अहिले उनको सहयोगका लागि अगाडि आएका छन् ।

कामको कुरा गर्ने हो भने पावलाले साउथका करिब २५० बढी फिल्म अभिनय गरेकी छन् । उनले अभिनयबाट कयौ पटक बेस्ट अवार्ड जितेकी छन् । तर अहिले लकडाउनको कारण उनलाई गुजारा चलाउन आफ्नो अवार्ड समेत बेच्नु परिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस !