१४ बैशाख २०८१, शुक्रबार

नेपालको कोरोना अपडेटः ८ हजार ३०५ जनामा संक्रमण, १९० जनाको मृत्यु

६ हजार ५४३ जना संक्रमणमुक्त



 

चितवन । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २१ हजार ६९५ जनाको पीसीआर परीक्षण र ३९२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार ३०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ ।

यसअघि हिजो नेपालमा ८ हजार १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै आज थप १९० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १९० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ५ हजार ८४७ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

आज थप ६ हजार ५४३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस !