१४ बैशाख २०८१, शुक्रबार

आठौँ पटक जिते मेस्सीले पिचिची ट्रफी



 

काठमाडौं । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आठौँ पटक पिचिची ट्रफी जितेका छन् ।

ला लिगामा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले आठौँ पटक पिचिची ट्रफी जितेका हुन् ।

बार्सिलोनालाई उपाधि दिलाउन असफल भए पनि मेस्सीले ३० गोल गर्दै पिचिची ट्रफी जितेका हुन् ।

यस सिजन मेस्सीको टिम बार्सिलोना तेस्रो स्थानमा पर्न सफल भएका छन् ।

अवार्ड जित्ने क्रममा मेस्सीले रियल मड्रिडका फरवार्ड करिम बेन्जिमालाई पछि पारेका हुन् । मेस्सी बेन्जिमा भन्दा ७ गोलले अघि रहे । बेन्जिमाले २३ गोल गरे ।



प्रतिक्रिया दिनुहोस !