७ बैशाख २०८१, शुक्रबार

एसिया कप क्रिकेट स्थगित



 

काठमाडौं । टी-ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ । कोरोना संक्रमणदर बढेपछि एसिया कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको हो ।

एसियन क्रिकेट काउन्सिल (एसीसी)ले आइतबार एसिया कप क्रिकेट स्थगित गरिएको जनाएको छ ।

एसीसीले स्थगित एसिया कप २०२३ मा आयोजना गरिने जनाएको छ । सन् २०२२ मा एसिया कप आयोजनाको तय भइसकेको कारण यस संकरणको एसिया २०२३ मा हुने बताईएको छ । यस वर्षको एसिया कप श्रीलंकामा हुने तय भएको थियो ।

प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र मलेसियाबीच प्रतिस्पर्धा हुने थियो ।



प्रतिक्रिया दिनुहोस !