१९ बैशाख २०८१, बुधबार

आज बढ्यो सुनचाँदीको मुल्य



काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदीको मुल्य बढेको छ । सुन तोलामा सय रुपैयाँले बढेको छ भने चाँदी ५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको मुल्य ९३ हजार ७ सय कायम गरेको छ । आइतबार तोलाको ९३ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै तेजावी सुनको मूल्य पनि बढेर ९३ हजार २ सय पुगेको महासंघले जनाएको छ ।

आइतबार तोलाको ५ सय रुपैयाँले घटेको चाँदीको मूल्य सोमबार ५ रुपैयाँले नै बढेको छ । महासंघले चाँदीको मूल्य तोलाको १३ सय ५० कायम गरेको छ । आइतबार तोलाको १३ सय ४५ रुपैयाँ कायम गरिएको थियो ।

 



प्रतिक्रिया दिनुहोस !