१३ बैशाख २०८१, बिहीबार

सलमानको ‘राधे’ पाइरेसी गर्नेलाई दिल्ली उच्च अदालतद्वारा कारबाहीको आदेश



काठमाडौं । दिल्ली उच्च अदालतले बलिउड अभिनेता सलमान खानको चलचित्र ‘राधेः योर मोस्ट वान्टेड भाइ’ पाइरेसी गर्नेलाई कारबाहीको आदेश दिएको छ ।

चलचित्र ब्रोडकास्ट ‘जी’ले दर्ता गरेको आरोपको सुनुवाइ गर्दै उच्च अदालतले चलचित्र पाइरेसी भएका ह्वाट्सएपमा सर्कुलेटका नम्बरलाई निलम्बन गर्न आदेश दिएको हो ।

अदालतले गैरकानुनी रूपमा सामाजिक सञ्जालबाट हुने यस्ता प्रसारणमाथि रोक लगाउँदै भारतका प्रमुख दूरसञ्चार अपरेटर एयरटेल, जियो र भोडाफोनलाई आफ्ना ती ग्राहकहरूको विवरण दिन पनि आदेश दिएको छ ।

दिल्ली उच्च अदालतले चलचित्रको अनधिकृत रूपमा स्टोर, पुनरुत्पादन, सञ्चार, प्रसार, सकुर्लेट र कपी गरेर बेच्नु जीको प्रतिलिपि अधिकार उल्लंघन गरेको ठहर गर्दै सोही अनुसार कारबाही हुने बताएको छ ।



प्रतिक्रिया दिनुहोस !