८ बैशाख २०८१, शनिबार

नाबालिकामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ



रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा ४ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बुद्धनगर सामुदायिक टोलकी चार वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ५३ वर्षीय हेमलाल गन्धर्वलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घरमा कोही नभएको मौका छोपेर गन्धर्वले यही जेठ ११ गते दिउँसो १ः०० बजे बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै परिवारले दिएको उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।

बालिकाको यौनाङ्गमा चोट लागेकाले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराइएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !