१३ बैशाख २०८१, बिहीबार

यास् चक्रवातको प्रभावः सोमबारसम्मै मेघगर्जनसहित वर्षा हुने सम्भावना



 

काठमाडौं, । बङ्गालको खाडीबाट उत्पन्न भएको यास् चक्रवातको प्रभावले केही दिनयता नेपालको अधिकांश भागमा लगातार वर्षा भइरहेको छ ।

लगातार परेको वर्षाका कारण धेरै ठाउँको जनजीवन प्रभावित भएको छ । लगातार पानी पर्दा नदी खोलाहरुमा पानीको तह बढेको र बाढीसमेत आएको छ । धेरै पानी परेका स्थानमा पहिरो र डुबानको खतरा बढेको छ ।

अझै सोमबारसम्म वर्षा निरन्तर रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चक्रवात कमजोर भई न्यूनचापीय क्षेत्रको रूपमा रहे पनि त्यसको प्रभावका कारण आइतबारसम्म अधिकांश ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्का र मध्यम पानी पर्नुका साथै हावाहुरी र हिमपात हुने महाशाखाले जनाएको छ ।

दिउँसो हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा ठूलो पानी पर्नेछ। राति लुम्बिनी प्रदेशका १-२ स्थानमा झरी पर्नेछ।



प्रतिक्रिया दिनुहोस !