१२ बैशाख २०८१, बुधबार

पश्चिमी वायुको प्रभाव कायमै, आज विभिन्न स्थानमा वर्षा



काठमाडौं । मुलुकभर पश्चिमी वायुको प्रभावले आज विभिन्न स्थानमा वर्षा भइरहेको जनाएको छ ।

पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशका अधिकांश स्थानमा बदली भएको छ ।

सोही प्रभावले प्रदेश १, वाग्मती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ती पदेशमा आज दिउँसो र राति पनि मेघगर्जन र चट्याङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबारसम्म नै वर्षाको सम्भावना रहेको महाशाखाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !