१४ बैशाख २०८१, शुक्रबार

ओलीको ‘एकता आह्वान’को नेपाल–खनाल पक्षले लिखित जवाफ दिने



 

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रस्तुत गरेको ६ बुँदे पार्टी एकता आह्वानको लिखित जवाफ दिने भएको छ ।

सोमबार माधव नेपाल समूहको स्थायी कमिटी बैठकले ओलीको प्रस्तावको हरेक बुँदाको जवाफ दिने निर्णय गरेको नेता बेदुराम भुसालले जानकारी दिए ।

सो समूहले ओलीले इमान्दारीपूर्वक पार्टी एकताको प्रस्ताव नल्याएको समेत निष्कर्ष निकालेको जनाएको छ । उक्त आह्वानलाई जालझेलपूर्ण भन्दै अश्वीकार गरेको छ ।

बैठकले वैशाख २६ गते माधव नेपालले पेस गरेको ६ बुँदे प्रस्ताव स्वीकार गरिएमात्र एकता हुने निष्कर्ष निकालेको नेता खनालले जानकारी दिए ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिको पूर्व अवस्थाबाट अगाडि बढाउन तयार रहेको भन्दै सबैलाई पार्टी एकतामा आउन आह्वान गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस !