१४ बैशाख २०८१, शुक्रबार

माओवादीले बाँड्यो सातै प्रदेशमा मास्क, स्यानिटाइजर र अक्सिजन सिलिण्डर



 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कोरोना संक्रमणलाई लक्षित गर्दै मास्क, स्यानिटाइजर र अक्सिजन सिलिण्डर वितरण गरेको छ। सोमबार पार्टी केन्द्रीय कार्यलयमा एक कार्यक्रम गरी सातै प्रदेशका अध्यक्ष तथा इन्चार्जहरुमार्फ स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनबाट प्राप्त सहयोग, प्रवास समन्वय कमिटी र पार्टीको स्वास्थ्य संगठनले उपलब्ध गराएको स्वास्थ्य सामग्री सातै प्रदेशका नेताहरुलाई हस्तान्तरण गरेका हुन्।

 

 

 

 



प्रतिक्रिया दिनुहोस !