१२ बैशाख २०८१, बुधबार

आज नेपालको कोरोना अपडेटः ४४७२ संक्रमित, ६९५१ संक्रमणमुक्त, ९२ जनाको मृत्यु



 

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समयमा कोरोना संक्रमित भन्दा संक्रमणमुक्त हुने दर धेरै रहेको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा १२ हजार २ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३३७ र ५ हजार ९०१ एन्टिजेन परीक्षण गर्दा १ हजार १०२ जना गरी ४४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६९५१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ९२ जनाको मृत्यु भएको । योसँगै कोरोना संक्रमणका कारण हालसम्म ७९९० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !