१४ बैशाख २०८१, शुक्रबार

मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै



 

काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री भट्टले सभामुखलाई विश्वासको मत लिने व्यवस्था मिलाई दिन भनेर लेखेको पत्र आइतबार साँझ प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो।

अहिले बिहान ९ बजे विश्वास मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक बोलाइएको छ । मुख्यमन्त्री भट्टले लिन लागेको विश्वासको मतका विपक्षमा मतदान गर्न नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ह्विप जारी गर्न संसदीय दललाई निर्देशन दिएको छ।

एमालेका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशनसहित पत्र पठाएका छन्।

मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ। अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन्।

 



प्रतिक्रिया दिनुहोस !