१६ चैत्र २०८०, शुक्रबार

सामाजिक संजाल प्रयोगकर्ताहरूलाई साइबर ब्यूरोले दियो यस्तो चेतावनी



 

काठमाडौं । नेपाल प्रहरीले सामाजिक संजाल दुरुपयोग गर्ने व्यक्तिहरूलाई चेतावनी दिएको छ । सोमबार एक सूचना जारी गर्दै प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको क्रममा रहेका विषयमाथि समाग्रीहरू बनाएको भन्दै चेतावनी दिएको हो ।

‘कतिपय सूचना, निवेदनहरु निरन्तर अनुसन्धानको क्रममा रहेका छन्‌। हालको बन्दाबन्दी, संक्रमणकालीन समयमा पनि सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता सामग्रीहरू बनाउने, प्रकाशन, प्रसारण गर्ने गरेको पाइएको हुँदा त्यस्ता कार्यहरू नगर्न नगराउन हुन अनुरोध छ’ सूचनामा भनिएको छ।

 

 



प्रतिक्रिया दिनुहोस !