१४ बैशाख २०८१, शुक्रबार

आज नेपालको कोरोना अपडेटः ५ हजार १५३ संक्रमित, ६ हजार ५७० जना डिस्चार्ज, १०८ जनाको मृत्यु



काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार १५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार ६५ जनाको पीसीआर परीक्षणबाट ३ हजार ८७० र ५ हजार ६११ एन्टिजेन परीक्षणमा १ हजार २८३ जना गरी ५ हजार १५३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १०८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ६ हजार ५७० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !