१४ बैशाख २०८१, शुक्रबार

नोविल बैंकको एटिएम फुटाउने एक जना पक्राउ



 

काठमाडौं । उदयपुरको सदरमुकाम गाईघाट बजारमा रहेको नोविल बैंकको एटिएम मेशिन बक्स फुटाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराति एक युवकले बैँकभित्र प्रवेश गरेर एटिएम मेसिनमा हम्बरले हानेर फुटाउने क्रममा बैंकका गार्डले थाहा पाएपछि मेनेजरलाई खबर गरेका थिए ।

मेनेजरले तत्काल प्रहरीमा खबर गरेपछि प्रहरी आइपुग्दा उक्त युवा भागेर बजारतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले घेरा हालेर पक्राउ गरेको जिल्लाका प्रहरी प्रमुख भीमप्रसाद दाहालले जानकारी दिए । पक्राउ गरिएका युवा भारत घर बताउने गरेको र उदयपुरको गाईघाट बजारकै एक फर्निचर उद्योगमा काम गर्ने २१ वर्षीय युवा रहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !