११ बैशाख २०८१, मंगलवार

२०७५ जेठ २ मा कायम स्थायी कमिटी बैठक बोलाउन गौतमको प्रस्ताव (विज्ञप्तिसहित)



 

काठमाडौं । विभाजनको डिलमा पुगिसकेको पार्टीलाई एकताबद्ध गर्न २०७५ जेठ २ गते कायम गरि स्थायी कमिटी बैठक बोलाउन नेकपा एमालेका नेता वामदेव गौतमल माग गरेका छन् ।

गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै पार्टी एकता राष्ट्रिय अभियानको सोमबार भर्चुअल रुपमा भएको कार्यसम्पादन समितिको बैठकको निष्कर्ष सार्वजनिक गर्दै उनले अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ जेठ २ गते कायम रहेको दुई बरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाउन आग्रह गरेका हुन् ।

गौतमले जारी गरेको विज्ञप्तिमा कार्यसम्पादन समितिको बैठकले अध्यक्ष ओलीको ६ बुँदे प्रस्तावलाई पार्टी एकताको इमान्दार प्रयत्न मान्न नसकिने निष्कर्ष निकालेको उल्लेख गरिएको छ ।

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस !