१४ बैशाख २०८१, शुक्रबार

बस र अटो ठोक्किँदा १७ जनाको मृत्यु



कानपुर । भारत उत्तरप्रदेशको कानपुर–इलाहाबाद सडकखण्डमा बस र अटो ठोक्किंदा १७ जनाको मृत्यु भएको जनाएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

तीव्र गतिको बस कानपुरको सचेन्दी भन्ने ठाउँमा अटोसँग ठोक्किएर दुर्घटना भएको र १७ जनाको मृत्यु भएको जानकारी सामाचार एजेन्सी एएनआईले जनाएको छ ।

लखनउबाट नयाँदिल्ली जाँदै गरेको शताव्दी ट्राभल्सको बस मंगलबार साँझ मजदुरहरु सवार अटोसँग ठोक्किएको थियो । दुर्घटनामा मृत्यु भएकाहरुमध्ये धेरैजसो बिस्कुट फ्याक्ट्रीमा काम गर्ने मजदुरहरु रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । दुर्घटना यति भयानक थियो कि धेरैजसोको घटनास्थलमै मृत्यु भएको थियो ।

 

 



प्रतिक्रिया दिनुहोस !