२० बैशाख २०८१, बिहीबार

आज सुन चाँदीको मूल्य वृद्धि



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रूपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला ९४ हजार १०० रूपैयाँ कायम भएकोमा आज बुधबार ९४ हजार २०० रूपैयाँ कायम महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन ९३ हजार ७०० मा कारोवार भइरहेको छ ।

यसैगरी चाँदीको मूल्य पनि आज बढेको छ । आज प्रतितोला १ हजार ३०५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !