११ बैशाख २०८१, मंगलवार

उपचारपछि घर फर्किए मदनकृष्ण श्रेष्ठ



काठमाडौं । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ उपचारपछि घर फर्किएका छन् । मुटुमा समस्या देखिएर गत शुक्रबार साँझ गंगालाल अस्पताल भर्ना भएका श्रेष्ठ बुधबार बिहान घर फर्किएका हुन् ।

अहिले मदनकृष्णको स्वास्थ्य सुधारोन्मुख भएकोले घर लौजान लागेको छोरा यमन श्रेष्ठले जानकारी दिए । अस्पतालले एक महिना आराम गर्नू भनेको हुदा आज घर लान लागेका हुन् । दुई सातापछि भने उनलाई फलोअपका लागि बोलाइएको छ ।

डेढ वर्षअघि पनि मुटुमा समस्या देखिएपछि उनको ग्राण्डी हस्पिटलमा एन्जियोप्लास्टी गरिएको थियो । उक्त समय मदनकृष्णको मुटुमा एउटा स्टेन्ट राखिएको थियो । अहिले भने उनको मुटुमा रगत प्रवाह हुने नसा ९९ प्रतिशत बन्द भएका कारण दुईवटा स्टेन्ट थपिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !