१३ बैशाख २०८१, बिहीबार

पछिल्लो २४ घण्टामा चितवनमा थप ८० जना कोरोना संक्रमण,पाँच जना मृत्यु



चितवन । पछिल्लो २४ घण्टामा चितवनमा ८० जना कोरोना संक्रमित थपिएका छन् । भने, पाँच जना कोरोना संक्रमितको निधन भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार मृतक मध्ये भरतपुर अस्पतालमा २ जना, चितवन मेडिकल कलेजमा १ जना र पुरानो मेडिकल कलेजमा १ जना रहेका छन् । त्यसैगरी विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालहरुबाट २७ जना बिरामी डिस्चार्ज भएका छन् । मृतकमध्ये चितवनका २ जना हुन् भने चितवन बाहिरका ३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा चितवनमा ८० जना कोरोना संक्रमित थपिएका छन् । जसमा भरतपुर महानगरपालिकामा ३२ जना, खैरहनी नगरपालिकामा १० जना, माडीमा ६ जना, रत्ननगरमा १६ जना, राप्तीमा १४ जना र कालिकामा २ जना रहेका छन् । यो सँगै चितवनमा आइसोलेसनमा रहेका संक्रिय संक्रमितको संख्या एक हजार ७३० पुगेको छ ।

 



प्रतिक्रिया दिनुहोस !