८ बैशाख २०८१, शनिबार

राजेश हमालले धरहरामा केक काटेर मनाए जन्म दिन



काठमाडौं । महानायक अभिनेता राजेश हमाल आफ्नो जन्मदिन धरहरामा केक काटेर मनाएका छन् । बुधबार परेको जन्मदिन पनि उनले झण्डै आधा दर्जन बढी केक काट्दै मनाएका छन् ।

ती मध्ये सबैभन्दा विशेष नवनिर्मित धरहराको बार्दलीको केक काटेर मनाएका छन् । हमालले धरहराबाट वरिपरिको दृश्यावलोकन गर्दै सबैभन्दा माथिल्लो तलाको बार्दलीमा केक काटेका हुन् ।

हमालले धरहरा निर्माणका लागि दिनरात काम गरिरहेका मजदुरहरुको हौसला बढाउने उदेश्यले जन्मदिनको केक धरहरामा पनि काटेका हुन् । धरहराको टुप्पोमा केक काट्दा हमाल पत्नी मधु भट्टराई पनि सँगै रहेकी छिन् ।

 

बिहानै मन्दिर दर्शन गरेपछि हमालले जन्मदिन पारेर केही राहत समेत बाँडेका छन् । हमालले बुधबार राती भने केही आफन्तहरुसंँग घरमै केक काटेर जन्मदिनको खुसी साटेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !