७ बैशाख २०८१, शुक्रबार

आज सेयर बजारमा सामान्य अंकको गिरावट, कारोबार कति  ?



 

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज १.८० अंकले बजार घटेको हो ।

बजार परिसुचक भने १९४४.७८ अंकको बिन्दुमा पुगेर आजको कारोबार बन्द भएको छ । उक्त दिन १६ अर्ब १० करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज डेभलपमेन्ट बैंक, जलविद्युत, फाइनान्स, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र लगानी समूह बढेको छ ।

बैंकिङ समूह १७.७८ अंक, व्यापार ५७.४२, होटल तथा पर्यटन १३.२७, निर्जीवन बीमा ४५.०९, उत्पादक तथा प्रशोधन ३८.६७, अन्य ६, जीवन बीमा २७३.६८ अंकले घटेको छ ।

भन,े आज एचआईडीसीएलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ९९ करोड ६५ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

 



प्रतिक्रिया दिनुहोस !