१३ बैशाख २०८१, बिहीबार

माधव पक्षका १७ सांसदलाई सोध्यो २४ घण्टे स्पष्टीकरण



काठमाडौं । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले माधवकुमार नेपाल समूहका १७ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै प्रदेश कमिटीले १७ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

एमाले सुदुरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले विज्ञप्ति जारी गर्दै पार्टीको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्रीको पक्षमा मतदान गर्नुको कारणसहित २४ घण्टाभित्र जवाफ पेश गर्न भनेका छन् ।

एमालेले १० जेठमा पार्टीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ । तर एमालेको नेपाल समूहले भने समर्थन यथावत राख्दै मुख्यमन्त्री भट्टाको पक्षमा मतदान गरेका थिए ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस !