१६ चैत्र २०८०, शुक्रबार

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ



 

काठमाडौं । मन्त्रिपरिषदका नवनियुक्त सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेकपा एमाले, नेकपा माओवादी छाडेर नेकपामा आएका नेतालाई समेटेर मन्त्रिपरिषदलाई गठन गरेका छन् ।

सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र १ जना राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट १ जना मन्त्री बनाएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । आज थपिएका नयाँ मन्त्रीहरुमा पूर्व माओवादी समूहवाट एमालेमा प्रवेश गरेका २ जना मन्त्री बनेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हाल कायम रहेको १७ सदस्यीय मन्त्रिपरिषद्मा ७ मन्त्री र १ जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । २५ सदस्यीय मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र ३ जना राज्यमन्त्री रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !