१४ बैशाख २०८१, शुक्रबार

आज बढ्यो सुनचाँदीको मुल्य



 

काठमाडौं । आज नेपाली बजारमा  सुनको मुल्य तोलामा ६०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा २५ रुपैयाँ बढेको छ ।

आज छापावाल सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ ।

यसअघि हिजो छापावाल सुनको मूल्य तोलाको ९३ हजार ९०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।

चाँदी तोलामा २५ रुपैयाँ बढेर १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि बढेको चाँदीको मूल्य १ हजार ३५५ रुपैयाँ प्रतितोला कायम भएको थियो ।



प्रतिक्रिया दिनुहोस !