१४ बैशाख २०८१, शुक्रबार

सूर्य थापा भन्छन्,अदालतको फैसला स्वतन्त्र, निष्पक्ष र तटस्थ हुनुपर्छ



 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार नेता सूर्य थापाले अदालतको फैसला स्वतन्त्र, निष्पक्ष र तटस्थ हुनुपर्ने बताएका छन् ।

थापाले सामाजिक सञ्जालमार्फत नेपालको राज्य प्रणालीले न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र तटस्थ भूमिकामा स्थापित गरेको भन्दै अदालतको फैसला पनि त्यसैअनुरुप हुनुपर्ने बताएका छन् ।

थापाले कुनैपनि मुद्दामा पक्षका वकिलको छनोटमा इजलास बन्ने, चाहेजस्तो फैसलालाई क्याबात भन्ने र प्रतिकूल हुँदा रन्थनिँदै होस नै गुमाउने व्यवहार गलत भएको टिप्पणी गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !