१३ बैशाख २०८१, बिहीबार

मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा उपचार सुरु



 

काठमाडौं । भारतको देहरादुनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी मोडल निशा घिमिरेको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार सुरु भएको छ ।उपचार अभावमा तीन वर्षदेखि छटपटाइरहेकी घिमिरेको नर्भिक अस्पतालले उद्धार गरी उपचार सुरु गरेको हो।

नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल घिमिरेको बिहीबार उद्धार गरेकी हुन् । तीन वर्षअघिसम्म मिडियामा छाउने गरेकी मोडल घिमिरेको अहिलेको अवस्था पत्याउनै नसक्ने ‘दर्दनाक’ छ ।

आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा रहन बाध्य थिइन निशा । तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारतको देहरादुन जाँदै गर्दा सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँको अस्पतालको उपचार महँगो भएपछि कमजोर आर्थिक अवस्थाका उनका अविभावकले छोरीलाई नेपालमै ल्याएका थिए ।

 



प्रतिक्रिया दिनुहोस !