१३ बैशाख २०८१, बिहीबार

आज नेपालको कोरोना अपडेट यस्तो छ



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ५९८ जनाको पीसीआर परीक्षणबाट २ हजार ७०९ र ५ हजार ५८४ एन्टिजेन परीक्षणमा १ हजार ४१ जना गरी ३ हजार ७५० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ६७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ५ हजार २२५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस !