१६ चैत्र २०८०, शुक्रबार

भित्रियो मनसुन, दिउँसो ‘भारी’ वर्षा हुने सम्भावना



काठमाडौं । नेपालमा यो वर्षको मनसुन भित्रिएसँगै मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको छ । शुक्रबार बिहान नेपालको पूर्वी भेग हुँदै मनसुन भित्रिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनका कारण प्रदेश १, वाग्मती प्रदेशदेखि कर्णाली प्रदेशसम्मका पहाडी भेगमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशको पूर्वी र मध्यभूभागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।

आज दिउँसो देशका धेरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भने ‘भारी’ वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !