१५ चैत्र २०८०, बिहीबार

प्रधानमन्त्रीविरुद्ध सांसद वैद्यको अभिव्यक्ति आपराधिक, फौजदारी कानुन आकर्षित हुन सक्छः एमाले



 

काठमाडौं । वाग्मती प्रदेश सभा सांसद नरोत्तम वैद्यको अभिव्यक्तिको नेकपा एमालेले घोर भर्त्सना गरेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार बिहान विज्ञप्ति जारी गरी वैद्यको अभिव्यक्तिको भर्त्सना गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको हत्याका लागि अरूलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफैं पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ।’

यस्तै यो विषय फौजदारी कानुनसमेत आकर्षित हुने विषय भएको उल्लेख गर्दै एमालले यस विषयमा सम्बद्ध राजनीतिक दलको गम्भीर ध्यानाकर्षण गराएको छ।

 

 

 



प्रतिक्रिया दिनुहोस !