७ बैशाख २०८१, शुक्रबार

नवदुलहीमाथि दाइजो नल्याएको भन्दै निर्घात कुटपिट



 

महोत्तरी । दाइजोमा ग्यास चुल्हो र सिलिन्डरलगायत सामग्री नल्याएको भन्दै सर्लाहीमा नवदुलहीमाथि श्रीमान्सहित परिवारका सदस्यले निर्घात कुटपिट गरेका छन् ।

महोत्तरीको सम्सी गाउँपालिका-६ का रामअश्रय साहकी २१ वर्षीया छोरी अमृताकुमारी साहको गत वैशाख १३ गते सर्लाही हरिपूर्वा नगरपालिका-२ का २४ वर्षीय जोगनारायण साहसँग विवाह भएको थियो ।

विवाह भएको चार दिनपछि नवदुल्हीलाई भान्सा घरमा भित्र्याउने परम्परा अनुसार उनलाई खाना पकाउन पठाइएको र खाना बनाउने क्रममा भान्सामा सामग्री माग गरेपछि विवाद भएको स्थानीयवासीले बताएका छन् । घरफर्किएपछि त्यही विषयमा पुनः विवाद शुरु भएपछि श्रीमानसहित परिवारका अन्य सदस्यले आफूलाई निर्घात कुटपिट गरेको दुलहीले बताएकी छिन् । कुटपिटबाट घाइते भएकी उनलाई माइती पक्षले उपचार गराइरहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !