८ बैशाख २०८१, शनिबार

श्रीमानले छ्यापे श्रीमतीलाई एसिड



 

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ कि ३८ वर्षीया दीपिका विकमाथि एसिड प्रहार भएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार घरायसी विवादमा दीपिकालाई उनकै श्रीमान दीपकले शनिबार साँझ एसिड प्रहार गरेको जनाएको छ ।

दीपिकाको बायाँ हात र पेटमा एसिड परेको छ । उनको हाल चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ । दीपिकाको शरीरको करिब १८ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।

 



प्रतिक्रिया दिनुहोस !