७ बैशाख २०८१, शुक्रबार

थपिएको निषेधाज्ञामा के गर्न पाईन्छ, के पाईंदैन ? यस्तो छ आदेश



काठमाडौंं । काठमाडौं उपत्यकामा पुनःएक साता निषेधाज्ञा थपिएको छ । संक्रमणको दर केही कम भएपनि जोखिम कायमै रहेकाले पुनःथप गरिएको हो । काठमाडौं, भक्तपुर र ललितपरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय गरेको हो । गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।

थपिएको निषेधाज्ञाको केही मोडालिटी परिवर्तन भएको हो । थप गरिएको निषेधाज्ञाको मोडालिटी बमोजिम जेठ ३१ गतेसम्मको निषेधाज्ञामा बिहान ९ बजेसम्म खाद्यान्न तथा पसल र तरकारी पसल खुल्दै आएका छन् । अब ११ बजेसम्म खुलाउन दिइने छ । विकास निर्माणका कामलाई स्वास्थ्य मापदण्ड पालना गरी अगाडि बढाउन दिइनेछ ।

बैङ्क तथा वित्तीय संस्था, सरकारी कार्यालय लगायत अन्य क्षेत्रमा काम गर्ने कर्मचारीको निजी सवारी साधनको आवतजावतमा समेत सहजीकरण हुने गरी निर्णय भएको छ । तर, सवारीमा आवतजावतमा पूर्ण स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । सार्वजनिक सवारी साधनको हकमा पहिलाकै मोडालिटी रहेको छ । जसअनुसार जोरबिजोर प्रणाली तत्काल लागु हुने छैन । मास्क लगाएर यताउता हिँडडुुल गर्न दिइनेछ ।

यस्तो छ आदेश

 

 

 

 



प्रतिक्रिया दिनुहोस !