८ बैशाख २०८१, शनिबार

काठमाडौंको यी स्थानमा आज र भोलि भेरोसेल खोप दिइदै



काठमाडौं । काठमाडौं महानगरपालिकाले आज र भोलि ६०–६१ वर्ष उमेर समूहका जेष्ठ नगारिकलालाई कोभिड –१९ विरुद्धको चिनियाँ खोप भेरोसेल लगाउने भएको छ । २५ जेठदेखि ५ दिनका लागि सुरु गरेको खोप अभियानमा खोप अभाव भएपछि निर्धारित मितिभन्दा दुई दिन अघि नै अभियान स्थगित भएको थियो ।

भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ६०–६१ वर्ष उमेर समूहका जेष्ठ नगारिकलाई खोप कार्यक्रम सञ्चालन गर्न परिपत्र भएबमोजिम खोप कार्यक्रम सञ्चालन गर्न जनाएको छ ।

खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ । काठमाडौंस्थित वीर अस्पताल, शिक्षण अस्पताल, विरेन्द्र सैनिक अस्पताल र निजामती कर्मचारी अस्पतालमा जेठ ३१ र असार १ गते खोप लगाइने कार्यक्रम रहेको छ ।

महानगरले आइतबार जारी गरेको सूचना अनुसार पहिलो डोज लगाउन छुटेका ६०–६१ वर्ष उमेर समूहका जेष्ठ नागरिक, यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्ति, स्वास्थ्यकर्मी, कोभिड–१९ बिरामीको प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सक, नर्सिङ र प्यारामेडिक्स विद्यार्थी स्वास्थ्यकर्मीलाई खोप लगाउन अनुरोध गरेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !