११ बैशाख २०८१, मंगलवार

मनसुन सक्रिय, बुधबारसम्म ‘भारी’ वर्षाको सम्भावना



 

काठमाडौं । शुक्रबार नेपालको पूर्वी भूभागमा प्रवेश गरेको मनसुन देशभर सक्रिय बनेको छ । मनसुन सक्रिय बनेसँगै देशका अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही वाग्मती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा वर्षा भइरहेको छ ।

आज दिउँसो र राति प्रदे-१, प्रदेश-२, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाको अनुमानसँगै महाशाखाले सतर्कता अपनाउन पनि आह्वान गरेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !