८ बैशाख २०८१, शनिबार

पूर्वप्रधानमन्त्री खनाल नर्भिक अस्पतालमा भर्ना



 

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।
चार दिनदेखि लगातार ज्वरो आएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाका अनुसार प्रारम्भीक परीक्षणमा खनालको शरीरमा रगतको कमी देखिएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !